बिहीबार, वैशाख ३१, २०८३

निर्भया काण्ड : दोस्रोपटक सर्‍यो फासीको सजाय

निर्भया काण्डका दोषीलाई शनिबार पनि फासीको सजाय नहुने भएको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

दिल्ली - निर्भया काण्डका दोषीलाई शनिबार पनि फासीको सजाय नहुने भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका आरोपीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सजाए सुनाइएका मध्ये विनय शर्माले राष्ट्रपतिसामु दया याचिका दिएकाले दोस्रो पटक उनीहरुको फासी सजाय स्थगित गरिएको हो। यसअघि उनीहरुलाई गत २२ जनवरीमा फासी दिइने मिति तय गरिएको थियो।

National life

अब उनीहरुलाई अर्को आदेश नआउन्जेलसम्मको लागि फासीको सजाय स्थगित गरिएको छ। पटियाला अदालतले दया याचिकाको समय लम्बिएको समयमा उनीहरुलाई फासी दिन नसकिने जनाएको हो।

अदालतको फैसलामा दु:ख व्यक्त गर्दै निर्भयाकी आमा आशा देवीले दोषीका वकिलले उनीहरुलाई कहिल्यै फासीको सजाय नहुने भन्दै आफूलाई चुनौति दिएको बताइन्। उनले सरकारसँग दोषीलाई चाँडो भन्दा चाँडो सजाय दिन पनि माग गरिन्। उनले आफू यो लडाईमा विजयी भएरै छाड्ने र त्यतिन्जेल हार नखाने बताइन्।

अदालतले अक्षय कुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई निर्भया काण्डमा मृत्युदण्डको सजाय सुनाएको थियो।

 

 

प्रकाशित: Jan 31, 2020| 18:51 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।