सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश ५ : लगानी सम्मेलन सफल पार्ने बैंकर्सहरुको प्रतिबद्धता

प्रदेश ५ : लगानी सम्मेलन सफल पार्ने बैंकर्सहरुको प्रतिबद्धता

प्रदेश सरकारले एक खर्ब लगानी भित्र्याउने लक्ष्यसहित वैशाख ४ र ५ गते बुटवलमा गर्न लागेको लगानी सम्मेलनबारे बैकर्सहरुसँग छलफल गरेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

भैरहवा– प्रदेश सरकारले एक खर्ब लगानी भित्र्याउने लक्ष्यसहित वैशाख ४ र ५ गते बुटवलमा गर्न लागेको लगानी सम्मेलनबारे बैकर्सहरुसँग छलफल गरेको छ।

‘समृद्ध प्रदेश सुखी प्रदेशबासी’ भन्ने प्रदेश सरकारको नारालाई लगानी सम्मेलनले सहयोग पुराउने विश्वाससहित आयोजना गर्न लगानी सम्मेलनबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बैंकर्स संघका पदाधिकारीसँग तथा बैंकका कार्यकारी अधिकृतहरुसँग छलफल गरेका छन्। मुख्यमन्त्री पोखरेलले लगानीका अवसर र परियोजनाबारे समेत जानकारी गराए।

प्रदेश नं ५ ले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषि आदिमा प्रचुर सम्भावना बोकेको उनको भनाइ छ। 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले प्रादेशिक स्तरमा बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनबारे जानकारी दिए।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो।

प्रदेश सरकारले निजी, सहकारी र सरकारी तीनै क्षेत्रको लगानीमार्फत प्रदेश समृद्ध बनाउने लक्ष्यसहित लगानी सम्मेलन गर्ने तयारी गरेको हो।

प्रकाशित: Jan 31, 2020| 16:39 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्