आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरस संक्रमण धेरै देशमा फैलन थालेपछि डब्लूएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

कोरोना भाइरस संक्रमण धेरै देशमा फैलन थालेपछि डब्लूएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

National life

कोरोना भाइरस संक्रमणले विश्वव्यापी रूपमा स्वास्थ्य आपतकाल आएको भन्दै डब्लूचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

डब्लूएचओले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

“यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्दा पनि अन्य देशमा के भइरहेको छ भन्ने हो,” डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले भने।

डब्लूएचओका अनुसार चीनमा कोरोना भाइरसबाट हालसम्म २१३ जनाको ज्यान गइसकेको र यसको संक्रमण चीनसहित करिब दुई दर्जन देशमा देखिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 31, 2020| 08:59 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।