बुधबार, भदौ ३, २०८३

सडक डिभाइडरमा गाडी ठोक्किँदा एकको मृत्यु, तीन घाइते

वीरगञ्जमा बिहीबार राति सवारी दुर्घटनामा परी एकको ज्यान गएको छ भने तीन घाइते भएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

वीरगञ्ज– वीरगञ्जमा बिहीबार राति सवारी दुर्घटनामा परी एकको ज्यान गएको छ भने तीन घाइते भएका छन्।

घन्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको स्कारपियो गाडी सडक डिभाइडरमा ठोक्किँदा बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकाश पटेलको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा फेटा गाउँपालिका–१, भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज–१० रानीघाटका १६ वर्षीय सोनु साह र सोही वडामै बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन्।

घाइतेमध्ये दासलाई न्युरो अस्पताल र साहलाई अलि अर्थाे अस्पताल लगिएको बताइएको छ। अर्का घाइते पुरी सामान्य उपचारपछि घर फर्किएका छन्।

गाडी मुर्लीचोक–नेपाल टेलिकम क्षेत्रीय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 31, 2020| 08:27 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।