आइतबार, चैत १, २०८२

दुई दर्जन देशमा फैलियाे कोरोना भाइरस संक्रमण

चीनमा देखिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापीरूपमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण चीनसँगै करिब दुई दर्जन देशमा फैलिएको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

बेइजिङ– चीनमा देखिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापीरूपमा देखिन थालेको छ।

National life

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण चीनसँगै करिब दुई दर्जन देशमा फैलिएको छ।

कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु र सयौं व्यक्ति संक्रमित भएको पुष्टि भइसकेको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म सात हजार सात सय ११ जनामा देखिएको पुष्टि भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थाइल्यान्डमा १४, जापानमा ११, हङकङ र सिंगापुरमा १०–१०, सिंगापुरमा १०, मलेसिया र ताइवानमा ८–८, अस्ट्रेलिया र मकाउमा ७–७, अमेरिका र फ्रान्समा ५–५, दक्षिण कोरिया र जर्मनीमा ४–४, भियतनाम र क्यानाडामा २–२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

Laxmi sunrise bank
kumari

यस्तै, कम्बोडिया, भारत, फिलिपिन्स, फिनल्यान्ड, श्रीलंका र नेपालमा पनि भाइरसको संक्रमण देखिएको बताइएको छ।

प्रकाशित: Jan 31, 2020| 07:18 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।