बुधबार, भदौ ३, २०८३

नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसीसीको विपक्षमा

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

नागरिक दैनिकले ‘नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसीसीको विपक्षमा’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

“सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश केन्द्रीय सदस्य अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी)को विपक्षमा उभिएका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन १५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पाटीृको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए,” नागरिकले लेखेको छ।

यस्तै, सोही दैनिकले ‘भीम रावललाई मत्थर पार्ने प्रयास’ शीर्षकको समाचारलाई बक्स बनाएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले छाउगोठसम्बन्धी समाचारलाई मुख्य समाचार बनाएको छ। उक्त समाचारलाई अन्नपूर्णले ‘प्रशासन भत्काउँछ, स्थानीय बनाइहाल्छन्’ शीर्षक दिएको छ।

अन्नपूर्णले एमसीसीसम्बन्धी समाचारलाई ‘नेकपामा एमसीसी बहस : यथास्थितिमा पारित नगरौं’ शीर्षक दिएर पहिलो पृष्ठमै प्रकाशित गरेको छ।

यस्तै, वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल नेपालमा एभरेन्ट प्रिमियर लिग खेल्न आउन लागेको समाचारलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमै प्रकाशित गरेको छ।

कान्तिपुर दैनिकले ‘प्रधानमन्त्रीलाई केन्द्रीय सदस्यको प्रश्न : सरकारसँग जनता किन रुष्ट ?’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ। सोही दैनिकले पनि क्रिस गेल नेपालमा क्रिकेट खेल्न आउन लागेको प्रसंगलाई पहिलो पृष्ठमै स्थान दिएको छ।

नयाँ पत्रिका दैनिकले पनि एमसीसीसम्बन्धी समाचारलाई मुख्य बनाएको छ। नयाँ पत्रिकाले उक्त समाचारलाई ‘भ्रष्टाचारको आलोचना, एमसीसीमा प्रश्न’ शीर्षक दिएको छ।

सोही दैनिकले ‘पाथीभरामा यतीले साढे ६ हजार रुख काट्ने अनुमति पाएकोमा सामुदायिक वन उपभोक्ता महासंघको विरोध’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

प्रकाशित: Jan 31, 2020| 06:33 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।