आइतबार, चैत ८, २०८२

कोभिड अपडेट : १ हजार ८९ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

National life

२४ घण्टायता ७ हजार ९७१ जनामा कोरोना परीक्षण भएको थियो। यीमध्ये ५ हजार ९७० जनाको पीसीआर परीक्षण भएको हो भने बाँकी एन्टिजेनमार्फत् परीक्षण भएको हो। 

सोही अवधिमा १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ। यस्तै बितेको २४ घण्टामा २० कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2021| 17:50 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्