आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चुनाव हारेका उम्मेदवारले मतदातालाई दिएको उपहार फिर्ता मागेपछि...

चुनाव हारेका उम्मेदवारले मतदातालाई दिएको उपहार फिर्ता मागेपछि...

भारतको छत्तीसगढ प्रान्तको राजधानी रायपुरसँग जोडिएको मन्दिरहसौदस्थित भानसोजमा पञ्चायत चुनावको नतिजापछि आश्चर्यजनक घटना घट्यो।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- भारतको छत्तीसगढ प्रान्तको राजधानी रायपुरसँग जोडिएको मन्दिरहसौदस्थित भानसोजमा पञ्चायत चुनावको नतिजापछि आश्चर्यजनक घटना घट्यो।

National life

बुधबार बिहान गाउँलेहरुले भानसोज बसपार्क नजिकको चौराहामा कुकर, मिक्सर, कपडाका साथै आधाआधी रक्सी रहेका बोत्तलहरुको थुप्रो लगाए।

चौराहामा यस्ता सामानहरुको थुप्रो देखिएपछि हल्लाखल्ला चल्यो।

यहीबीचमा कसैले प्रहरीलाई खबर गर्यो।

प्रहरी त्यहाँ पुगेपछि पत्ता लाग्यो कि पञ्चायतको चुनावमा उम्मेदवार बनेका मनोहर देवांगनले मतदातलाई प्रभावित बनाएर आफ्नो पक्षमा भोट दिन कसैलाई कुकर, कसैलाई मिक्सर, कसैलाई कपडा र कसैलाई रक्सी बाँडेका रहेछन्।

Laxmi sunrise bank
kumari

चुनाव हारेपछि मनोहरले मतदाताहरुसँग आफूले दिएको सामान फिर्ता मागे।

उम्मेदवारसँग रिसाएका गाउँलेले उनले दिएको सबै सामान चौराहामा प्रदर्शन गरिदिए।

प्रहरीले मनोहर देवांगनविरुद्ध कुटपीट एवम् धम्कीको मुद्दा दर्ता गरेको छ। तर मनोहर भने फरार रहेका छन्।

गाउँलेहरुका अनुसार चन्द्रहास देवांगन र मनोहर देवांगन पञ्चका लागि चुनाव लडेका थिए।

नाताले उनीहरु दुई भाइ हुन्।

मनोहरले आफ्नो प्रचार प्रसारका क्रममा गाउँलेहरुलाई लोभ्याउन विभिन्न सामानहरु बाँडेका थिए। तर चुनावमा उनले हार व्यहोरे।

हारबाट रिसाएका उनले बुधबार बिहानै मतदाताको घरमा पुगे र आफूले दिएको सामान तत्काल फिर्ता गर्न निर्देशन दिए।

उनले कुनै घरमा पुगेर आफूलाई भोट नदिएको भन्दै ‘देखाईदिने’ धम्कीसमेत दिए।

चौराहामा मतदाताले थुप्रो लगाएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उम्मेदवार र उनका निकट केही व्यक्तिविरुद्ध मतदातलाई कुटपीट गरेको तथा धम्क्याएको आरोपमा उजुरी दर्ता गरेको छ। यद्यपि उनीहरु फरार रहेका छन्।

यसैबीच राज्य निर्वाचन आयुक्र ठाकुरराम सिंहले प्रहरीले मुद्दा दर्ता गरिसकेको स्पष्ट पारेका छन्।

साथै उनले प्रहरीको प्रतिवेदन आएपछि कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

चुनाव आदर्श आचार संहिताअनुसार मतदातालाई प्रलोभनमा पार्नेलाई कारबाही हुनेछ।

प्रकाशित: Jan 30, 2020| 16:46 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।