बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजा खुला गर्ने विषयमा सरकारले सोचेको छैनः मन्त्री बाँस्कोटा

गाँजा खुला गर्ने विषयमा सरकारले सोचेको छैनः मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाँजाखेती खुला गर्ने विषयमा सरकारले अहिले नसोचेको बताएका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाँजाखेती खुला गर्ने विषयमा सरकारले अहिले नसोचेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘अहिलेसम्म सरकारले गाँजाका विषयमा सोचेको छैन।’

सांसदहरुले गाँजा खुला गर्नुपर्ने लबिङ गरेकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘कुनै विषय राख्न माननीयज्यूहरुलाई स्वतन्त्रता छ। गाँजा खेतीलाई कानुनतः मान्यता दिइएको छैन। मान्छे लट्ठिन हो कि औषधिका लागि हो, त्यस विषयमा माननीयज्यूहरुले नै जान्नुहोला। पैसा आउँछ भन्दैमा जे पनि गर्न त मिल्दैन। यसको विश्वव्यापी मान्यता छ।’

हरेक विषयमा सरकारको दृष्टिकोण नखोज्न उनले सञ्चारकर्मीहरुलाई आग्रह पनि गरे। ‘सांसदहरुले सरकारसँग सोधेर गाँजा खुला गर्ने कुरा गर्नुभएको होइन । ल मेकर भइसकेपछि उनीहरुले जे पनि बोल्न सक्नुहुन्छ आफ्नो हिसाबले,’ उनले भने।

प्रकाशित: Jan 30, 2020| 15:42 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।