बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसको संक्रमण रोक्न डब्लुएचओले बोलायो आपतकालीन बैठक

कोरोना भाइरसको संक्रमण रोक्न डब्लुएचओले बोलायो आपतकालीन बैठक

चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालीन बैठक बोलाएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालीन बैठक बोलाएको छ।

National life

बैठक स्विजरल्यान्डको जेनेभास्थित डब्लुएचओको हेडक्वाटरमा बस्ने कार्यक्रम तय गरिएको छ।

बैठक बस्नुअघि अन्तर्राष्ट्रिय आपतकालीन स्वास्थ्य समिति गठन गरिएको छ।

बैठकमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अडानोमले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (आइएचआर) २००५ अनुसार समितिलाई स्विकृति र कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका विषयमा आवश्यक सल्लाह सुझाव दिने बताइएको छ।

कोरोना भाइरसको संक्रमण चीनसहित १८ देशमा देखिएको छ। चीनमा भने कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार चीनमा कोरोना भाइरस संक्रमणका कारण १ सय ३२ जनाको मृत्यु भइसकेको छ।

एजेन्सी

प्रकाशित: Jan 30, 2020| 12:53 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।