बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूद्वारा सञ्जय साई विद्या मन्दिरलाई सहयोग

बैंक अफ काठमाण्डूद्वारा सञ्जय साई विद्या मन्दिरलाई सहयोग

 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप रु. पाँच लाख उपलब्ध गराएको छ ।

उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गरे ।

वैशाख १, २०६८ साल देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित: Jan 30, 2020| 12:39 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्