सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कप्तान किरण बने सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली खेलाडी

कप्तान किरण बने सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली खेलाडी

नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण कुमार लिम्बू सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी बनेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण कुमार लिम्बू सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी बनेका छन्।

National life

उनले आज (आइतबार) इन्डियाविरुद्ध मैदान उत्रँदा नेपाली राष्ट्रिय टिमबाट ७४ औं खेल खेल्दै सर्वाधिक खेलाडीको रेकर्ड बनाए। उनले यसअघिका कप्तान विराज महर्जनले बनाएको ७३ खेलेको रेकर्डलाई पछि पार्दै राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने एक्ला खेलाडी बनेका हुन्।

गएको बिहीबार इन्डियाविरुद्धको मैत्रीपूर्ण खेलमा लिम्बूले पूरा समय खेल्दै महर्जनको ७३ खेलको रेकर्डसँग बराबरी गरेका थिए। कप्तान लिम्बूले त्यो रेकर्ड आज सुधार गर्दै ७४ खेल पुर्याएका हुन्।

यता, नेपाली राष्ट्रिय टिम विराज महर्जनले गएको चैतमा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा देशको जर्सी लगाएर अन्तिम खेल खेले। कपको फाइनलमा बंगलादेशलाई हराएर उपाधि जितेसँगै ८५ औं मिनेटमा मैदान छिरेका महर्जनले संन्यास लिएका थिए। राष्ट्रिय टिमको उनको त्यो खेल ७३ औं खेल थियो।

विराज मैदान नछिरुन्जेलसम्म कप्तानीको आर्मब्यान्ड किरणले लगाएका थिए। तर खेलका पाँच मिनेट बाँकी रहँदा मैदान पसेका विराजको सम्मानस्वरुप किरणले आर्मब्यान्ड विराजलाई दिए।

Laxmi sunrise bank
kumari

सर्वाधिक सफल कप्तानका रुपमा लिइने विराजले कप्तानको सम्मान पाउँदै घरेलु भूमिमा विजेता भएसँगै संन्यास लिँदा राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने खेलाडीको रेकर्ड सुधार गरेका थिए। विराजले राष्ट्रिय टिमको पूर्व खेलाडी राजुकाजी शाक्यले बनाएको ६८ खेलको रकर्ड तोडेका थिए।

यता थ्रि नेसन्स कपको त्यही फाइनल खेलमा कप्तान किरणले आफ्नो जीवनको ६८ औं खेल खेल्दै राजुकाजीको खेल संख्यासँग बराबरी गरेका थिए। त्यसपछि उनले कुवेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेल्दै आफ्नो खेल यात्रा ७२ खेलसम्म पुर्याए।

किरणले २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपबाट लाओसविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले तर त्यो खेल सुखद रहेन। खेलको २३ औं मिनेटमा उनको मुखमा चोट लाग्यो। उनी बाहिरिए। त्यसपछि उनलाई खेलमा ब्याक हुनै नसकिने हो कि भन्ने शंका पनि लागेको थियो। तर त्यस्तो भएन। उनले तीन वर्षपछि २०११ मा मार्च १७ मा जिवनको दोस्रो अन्तर्राष्ट्रिय खेल खेले भुटानविरुद्ध।

भुटानविरुद्धको खेलपछि उनी निरन्तर राष्ट्रिय टिमको पहिलो रोजाइका गोलकिपरको रुपमा छन्। यसैक्रममा उनी महर्जन राष्ट्रिय टिममा पर्न छोडेपछि नेपाली टिमको कप्तान भएका छन्। र, आज उनी इन्डियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका छन्। यो खेलसँँगै उनले राष्ट्रिय टिमबाट ७४ अन्तर्राष्ट्रिय खेल खेले। त्यसैले उनले पूर्वकप्तानले बनाएको रेकर्ड तोडे।

गोलकिपर किरणको खेल राम्रो देखेका मूख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरीले इन्डियाविरुद्धको कप्तानी गर्ने र गोलकिपरको जिम्मा किरणलाई दिने बताइसकेका थिए। ‘उनले नै मैत्रीपूर्ण खेलमा नेपालको लिड गर्नुपर्ने छ। साथै साफ च्याम्पियन्सिप र एसिया कपको छनोटमा पनि कप्तान किरणले कप्तानी गर्नेछन्,’ अलुमताइरीले खेलअघि भनेका थिए। किनभने उनी नेपाली टिमका स्टार खेलाडी हुन् भने उत्कृष्ट गोलकिपर पनि।

कप्तान किरणले पछिल्लो अन्तर्राष्ट्रिय विन्डोमा लोकप्रिय एसियाली खेलाडीको अवार्ड पनि जितेका थिए। पछिल्लो सिजनको इन्डियाको घरेलु फुटबल लिगमा राउन्डग्लास पञ्जाबबाट खेलेका लिम्बू त्यहाँको लिगमा सर्वोत्कृष्ट गोलकिपर बनेका थिए।

५ वर्षपछि घरेलु फुटबलला ब्याक भएका राष्ट्रिय टिमका कप्तान लिम्बूले नेपालमै आयोजना भएको एक महिनाको नेपाल सुपर लिगमा सहभागी हुन लागेकोमा खुसी व्यक्त गरेका थिए।

२००८ मे २४ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले घरेलु लिगमा मछिन्द्र क्लब, थ्री स्टार मनाङ मर्स्याङ्दी बाट खेलेका थिए। उनले विदेशी चिटहोङ आबहानी, क्लब टीसी स्पोर्ट्स, मिनर्वा पन्जाबबाट पनि खेलिसकेका छन्।

पछिल्लो सिजनको आई लिगमा लिम्बू जित्दै बेस्ट गोलकिपर बनेका थिए। उनले सहिद स्मारक ए डिभिजन लिग, राष्ट्रिय लिग र माल्दिभ्सको धिवेही प्रिमियर लिगको पनि उपाधि जितेका छन्।

उनी चार छुट्टाछुट्टै लिगमा उत्कृष्ट गोलकिपर बनिसकेका छन्। त्यस्तै, २०१२ मा इन्डियामा आयोजित नेपाल इन्डियाको एक खेलमा म्यान अफ दि म्याच भएका थिए। मुम्बईमा उनले गरेको प्रदर्शनले उनलाई इन्डियामा पनि चर्चामा ल्याएको थियो।

तर त्यसको पाँच वर्षपछि मात्र उनी विदेशी लिग खेल्न पुगेका थिए। उनले २०१७ मा माल्दिभ्सको टीसी स्पोर्टस् क्लबबाट खेलेका थिए भने त्यसको अर्को वर्ष मिनर्वा पञ्जाबबाट खेलेका थिए। अर्को सिजन पुन माल्दिभ्स पुगेका किरण पछिल्लो सिजन राउन्डग्लास पञ्जाब (मिनर्वा पञ्जाबको नयाँ नाम) बाट आई लिग खेलेका थिए।


प्रकाशित: Sep 05, 2021| 17:40 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।