बुधबार, असार ३१, २०८३

इन्टरमिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टरमिलान कोपा इटालियाको क्वाटरफाइनलका खेल सकिएका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

मिलान– इन्टरमिलान कोपा इटालियाको क्वाटरफाइनलका खेल सकिएका छन्।

बुधबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई हराउँदै सेमिफाइनल पुगेको छ। इन्टरमिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा पाहुना टोली फियोरेन्टिना २–१को गोलले पराजित भयो।

४४ औं मिनेटमा एन्टोनियो क्यानडेर्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा बनाएको अग्रतालाई ६० औं मिनेटमा फियोरेन्टिनाका मार्टिन क्यासेरेसले बराबरीमा ल्याए। तर, मार्टिनको बराबरी धेरै समय टिक्न सकेन।

६७ औं मिनेटमा निकोलो बारेल्लाले गोल गर्दै टोलीलाई खेलमा फर्काएपछि इन्टरमिलानले २–१ ले अग्रता बनायो।

सेमिफाइनल खेलमा इन्टरमिलानले नेपोलीसँग खेल्ने छ भने एसिमिलानले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने छ।

दुवै सेमिफाइनलका आगामी बुधबार हुनेछन्।

प्रकाशित: Jan 30, 2020| 11:31 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।