बुधबार, भदौ ३, २०८३

के हुँदैछ आज नेकपाको केन्द्रीय कमिटी बैठकमा ?

नेकपाका बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा आज (बिहीबार)बाट समुहगत छलफल हुने भएको छ ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- नेकपाका बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा आज (बिहीबार)बाट समुहगत छलफल हुने भएको छ ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूह छलफल गर्न वर्णानुक्रमअनुसार १५ वटा समूह बनाइएको छ ।

समूहगत छलफलका लागि विभिन्न समूह पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही, जनसङ्गठनको कार्यालय पेरिसडाँडा र राष्ट्रियसभागृहमा पुगी समूह छलफलमा भाग लिनेछन् । प्रत्येक समूहमा दुई/दुई जना स्थायी कमिटीका सदस्य रहनेछन् ।

समूहका टोली नेताले २० मिनेटमा लिखित प्रतिवेदन पेस गर्ने छन् भने माघ १७ र १८ गते समूह नेताको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत तथा केन्द्रीय निकायका अध्यक्षले विचार व्यक्त गर्नसक्ने बैठकको कार्यविधि तय गरिएको छ ।

माघ १९ गते समूह छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने, स्थायी कमिटी र सचिवालयका निर्णय छलफल र अनुमोदन तथा समसामयिक प्रस्ताव छलफल र पारित गर्ने जनाइएको छ ।

बुधबार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फबात राजनीति प्रतिवेदन पेश गरेका थिए ।

। प्रतिवेदनमा विगतमा अस्थिरता र अराजकता मच्चाएर अनुचित लाभ लिँदै आएकाले सरकार र पार्टीविरुद्ध जनतामा भ्रम छर्ने प्रयास गरेको ठहर गरिएको छ ।

प्रतिवेदनमा पार्टी एकतालाई सुदृढ तथा सरकारका कामलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउन तथा सकारात्मक कामको सकारात्मकरुपमै जनसमुदायमा प्रचार र स्थापित गर्न, नकारात्मक एवं कमीकमजोरीलाई खुलस्तरुपमा स्वीकार गरी सच्याउन प्रतिवेदनले सुझाव प्रस्तुत गरेको छ । पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासनहिनरुपमा पार्टी हितविपरीत बोल्नेलाई कारवाहीको दायरामा ल्याउने पनि प्रतिवेदनमा छ ।

प्रकाशित: Jan 30, 2020| 10:58 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।