काठमाडौं- नेपाल-भारत मैत्रीपूर्ण फुटबल हेर्न गृहमन्त्री बालकृष्ण खाँड दशरथ रंगशाला पुगेका छन्। खेल सुरु हुनुभन्दा केही समयअघि मन्त्री खाँड रंगशाला प्रवेश गरेका हुन्।
आइतबार नेपाल-भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भएको हो। खेल भर्खरै सुरु भएको छ। यसअघि बिहीबार पनि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका थिए। खेलमा १-१ को बराबरी भएको थियो।
आइतबारको खेलमा नेपाली टिमको कप्तानी किरण कुमार लिम्बूले सम्हालेका छन् भने भारतीय टिमका कप्तानीमा फरवार्ड सुनील क्षेत्री छन्। दशरथ रंगशालामा यो नेपाल र भारतले यसअघि २०१५ मा फिफा विश्वकप छनोट खेलेका थिए।
सन् २०१५ मा भएको विश्वकप छनोटअघि दशरथ रंगशालामा सम्पन्न दुई खेलमध्ये एक खेलमा नेपालले जित निकालेको थियो भने १९९९ को एक खेलमा भारतले जित निकालेको थियो।
यता नेपालले भारतसँग खेलेको १९ खेलमध्ये दुई खेलमा मात्र जित निकालेको थियो।