बुधबार, असार ३१, २०८३

लिभरपुल उपाधि नजिक, १९ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा क्लब विश्वकप विजेता लिभरपुलले घरेलु टोली वेस्टह्याममाथि जित निकालेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा क्लब विश्वकप विजेता लिभरपुलले घरेलु टोली वेस्टह्याममाथि जित निकालेको छ।

लन्डन स्टेडियममा भएको खेलमा लिभरपुलले २–० ले जित हात पारेको हो। लिभरपुलका लागि मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्बरलेनले १–१ गोल गरेका थिए।

लिभरपुलले ३५ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै सुरुवाती गोल गर्यो। लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेर लिभरपुललाई अग्रता दिलाए। खेलको ३४ औं मिनेटमा वेस्टह्यामका डिफेन्डर इस्सा डायोपले डिभोक ओरिगीलाई फउल गरेपछि डायोपले पहेँलो कार्ड खाएका थिए भने लिभरपुलले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा लिभरपुल १–० ले अगाडि रह्यो। दोस्रो हाफमा चेम्बरलेनले अर्को गोल थप्दा लिभरपुलले २–० को जित निकाल्न सफल भयो। दोस्रो गोल चेम्बरलेनले खेलको ५२ औं मिनेटमा गरेका थिए।

जितसँगै जारी लिगमा अपराजित लिभरपुलले १९ अंकको अग्रता बनाएको छ। लिभरपुल पछिल्ला ४१ खेलमा अपराजित छ।

जारी सिजन २४ खेल खेलेको लिभरपुलले २४ जित र १ बराबरी सहित ७० अंक जोड्दै शीर्ष स्थानमा कायम छ। त्यस्तै, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २४ खेलमा १६ जित ३ बराबरी र ५ हार सहित ५१ अंक जोडेको छ।

प्रकाशित: Jan 30, 2020| 09:04 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।