बुधबार, असार ३१, २०८३

दोस्रो खेल हारे पनि म्यानचेस्टर सिटी इएफएलको फाइनलमा

पहिलो लेगमा ३–१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १–० ले गुमाउँदा पनि समग्रमा ३–२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

एजेन्सी– इफएल कपअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ।

युनाइटेडले घरेलु टोली सिटीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो।

युनाइटेडको जितमा नेमन्जा म्याटिकले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेल अवधिभर सिटीले युनाइटेडमाथि दबाब बनाए पनि गोल गर्न नसक्दा म्याटिकको गोल नै युनाइटेडको जितका लागि निर्णायक बन्यो। यद्यपि खेलको ७६ औं मिनेटमा उनी रेड कार्ड खाँदै बाहिरिएका थिए।

हारका बावजुत म्यानचेस्टर सिटी इएफल कपको फाइनलमा पुगेको छ।

पहिलो लेगमा ३–१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १–० ले गुमाउँदा पनि समग्रमा ३–२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो।

फाइनलमा सिटीले एस्टोन भिल्लाको सामना गर्नेछ।

प्रकाशित: Jan 30, 2020| 08:57 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।