बुधबार, असार ३१, २०८३

रियल म्याड्रिड क्वाटरफाइनल प्रवेश

काेपा डेल रेअन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई ४–० को फराकिलो गोलअन्तरले हराएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

म्याड्रिड– काेपा डेल रेअन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई ४–० को फराकिलो गोलअन्तरले हराएको छ।

जितसँगै रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ला रोमारेडा रंगशालामा भएको खेलमा पाउना टोलीका तर्फबाट वारानेले पहिलो गोल गरे। टोनी क्रुसको पासलाई गोलमा परिणत गर्दै वारानेले सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै, लुकास भस्क्वेजले ३२औं मिनेटमा गोल गर्दा पहिलो हाफमै रियलले अग्रता दोब्बर बनाएको थियो।

खेलको आधा समयमै २ गोलले पछि परेको जारागोजाले दोस्रो हाफमा अर्को दुई गोलको सामना गर्न पुग्यो। भिनिसियस जुनियार र करिम बेञ्जेमाले क्रमशः ७२ औं र ७९ औं मिनेटमा गोल गरेर रियलको जित शुनिश्चित गरे।

रियल सोसिडाड र ग्रनाडा विजयी

कोपा डेल रेको राउन्ड १६अन्तर्गत अन्य दुई खेलमा रियल सोसिडाड र ग्रानाडा विजयी भएका छन्।

रियल सोसिडाडले ओसासुनालाई ३–१ को गोलअन्तरले हराएको हो। ग्रनाडाले बाडाजोजलाई ३–२ को गोलअन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

राउन्ड १६ अन्तर्गतको हिजो सम्पन्न खेलबाट एट्लेटिको बाल्बियो, भिल्लारियल र भ्यालेन्सिया क्वाटरफाइनमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: Jan 30, 2020| 08:38 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।