बुधबार, भदौ ३, २०८३

सरकारबाटै गणतन्त्रमाथि खतरा छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गणतन्त्रको आचरण पालन नगरेको आरोप लगाएका छन्। उनले लोकतान्त्रिक गणतन्त्रात्मक सिद्धान्तअनुसार सरकारको पस्तुत हुन नसकेको जिकिर गरे।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गणतन्त्रको आचरण पालन नगरेको आरोप लगाएका छन्। उनले लोकतान्त्रिक गणतन्त्रात्मक सिद्धान्तअनुसार सरकारको पस्तुत हुन नसकेको जिकिर गरे।

सहिद दुर्गानन्द झाको ५६ औं बलिदानी दिवसको अवसरमा बुधबार झाको गाउँ धनुषाको नगराईन नगरपालिकास्थित जटहीमा आयोजित स्मृति सभामा बोल्दै उपसभापति निधिले सरकार निरंकुश राजशाही शैलीमा अघि बढिरहेको बताए। नेपालमा गणतन्त्र स्थापनार्थ सहिद भएका दुर्गानन्द आफूहरुका लागि सधैं प्रेरणाको स्रोत रहिरहने निधिले बताए।

‘हिमाल, पहाड, तराईबाट उचित प्रतिनिधित्व हुनेगरी नेपालमा संघीय प्रणाली आएको छ,’ उनले भने, ‘तर सरकार आफ्नो हरेक गतिविधि संघीयताको विरोधमा गरिरहेको छ। सरकारले संघीय प्रणालीअनुसार कुनै काम गर्न सकेको छैन।’

सरकारले संसदमा ल्याएका सबै विधेयकहरु संघीयता, लोकतन्त्र र गणतन्त्रविरोधी रहेको भन्दै उनले प्रतिकारमा ओर्लिन सबैलाई आग्रह गरे। ‘सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको छ । प्रेस स्वतन्त्र नभए लोकतन्त्रमाथि खतरा निश्चित छ,’ निधिले थपे, ‘सामाजिक सञ्जाललाई निषेध गर्न खोजिँदै छ, आमनागरिकले सरकारको आलोचना गर्नपनि नपाउने ? यस्तो कानुन हामीलाई कुनै हालतमा स्वीकार्य हुनेवाला छैन।’

अभिव्यक्ति स्वतन्त्रतामाथि निषेध गरेर सरकार एकदलीय अधिनायकवादतर्फ अघि बढिरहेको उनको भनाइ थियो। अधिनायकवादी सरकारबाट लोकतन्त्रमाथि खतरा रहेको भन्दै संघर्षको लागि तयार रहन उनले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने सपना देखेका दुर्गानन्द झालाई २०२० माघ १५ गते २१ वर्षको उमेरमा तत्कालीन शाही सरकारले मृत्युदण्ड दिएको थियो। २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्र पूजाअर्चना गर्न जनकपुर पुगेको दिन दुर्गानन्दले जानकी मन्दिर प्राङ्गणमा उनीमाथि बम प्रहार गरेका थिए। तर, राजा महेन्द्र चढेको ल्यान्डरोभर गाडीमा क्षति पुगेपनि उनी सुरक्षित रहे।

राजा महेन्द्रमाथि बम प्रहार गरेको घटनामा दुर्गानन्दलाई २०१९ भाद्र १९ गते विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। २०१९ फागुन २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको थियो। सर्वोच्चले फैसला सदर गरेको ठीक एक वर्षपछि २०२० माघ १५ गते दुर्गानन्दलाई सुन्धारास्थित केन्द्रीय कारागारमा मृत्युदण्ड दिइयो।

प्रकाशित: Jan 29, 2020| 18:05 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।