बुधबार, असार ३१, २०८३

सुपर ओभरमा न्युजिल्याण्लाई हराउँदै भारतको जित्यो सिरिज

रोमाञ्चक खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले पाँच खेलको टी-ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं - रोमाञ्चक खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले पाँच खेलको टी-ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको छ।

जितका लागि भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। जसमा भारतले जितका लागि १८ रनको लक्ष्य पाएको थियो। भारतले उक्त लक्ष्य अन्तिम बलमा भेट्न सफल भयो। अन्तिम दुई बलमा जितका लागि १० रन आवश्यक हुँदा रोहित शर्माले दुबै बलमा छक्का प्रहार गरेका थिए। आजको जितसँगै भारतले ३-० को अग्रता बनाउँदै सिरिज आफ्नो पक्षमा पारेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको सर्वाधिक ६५ रनको योगदानमा १ सय ७९ रन बनाएको थियो। यस्तै भारतका कप्तान विराट कोहलीले ३८, केएल राहुलले २७ तथा श्रेयस अएरले १७ रन बनाए। न्युजिल्याण्डका हेमिस बेनटले तीन तथा मिचेल स्यान्टनर र कोलिन डि ग्रयाण्डहोमले एक/एक विकेट लिए।

१ सय ८० रनको विजयी लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको घरेलु टोली न्युजिल्याण्ड जित नजिक पुगेर पनि हार ब्यहोर्न बाध्य भयो। अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता रहेको समयमा पहिलो बलमै टेलरले छक्का प्रहार गर्दै टोलीलाई जित नजिक पुर्‍याइसकेका थिए। तर तेस्रो बलमा ९५ रन बनाएर खेलिरहेका न्युजिल्याण्डका कप्तान केन विलियम्सन आउट हुन पुग्दा खेल रोमाञ्चक बन्न पुगेको थियो। त्यसपछि अन्तिम बलमा जितका लागि एक रन आवश्यक हुँदा मोहम्मद सामीले टेलरलाई बोल्ड आउट गरे र खेल सुपर ओभरमा धकेलियो।

अन्तिमका पाँच बलमा तीन रन जोड्न नसक्दा न्युजिल्याण्डले खेलमात्रै होइन सिरिज नै गुमाउनु पर्‍यो। न्युजिल्याण्डका लागि विलियम्सनले ९५, मार्टिन गप्टिलले ३१ तथा टेलरले १७ रन जोडे। भारतका सार्दुल ठाकुर र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए।

यी दुई बीचको चौथो टी-ट्वान्टी खेल शुक्रबार हुने छ।

 

 

प्रकाशित: Jan 29, 2020| 17:19 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।