काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल म्याच सुरु सुरु भएको छ। मैत्रीपूर्ण फुटबल अन्तर्गतको दोस्रो खेल आज भइरहेको हो।
आजको खेलमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले सम्हालेका छन् भने इन्डियन टिमका कप्तान फरवार्ड सुनिल क्षेत्री रहेका छन्। दशरथ रंगशालामा यो नेपाल र इन्डियाले यसअघि २०१५ मा फिफा विश्वकप छनोट खेलेका थिए।
त्यसपछि गएको बिहीवार नेपालले इन्डियासँग खेलेको खेल १–१ गोलको बराबरी भएको थियो। त्यो दशरथ रंगशालामा चौथो खेल हो।
सन् २०१५ मा भएको विश्वकप छनोटअघि दशरथ रंगशालामा सम्पन्न दुई खेलमध्ये एक खेलमा नेपालले जित निकालेको थियो भने १९९९ को एक खेलमा इन्डियाले जित निकालेको थियो।
यता नेपालले इन्डियासँग खेलेको १९ खेलमध्ये दुई खेलमा मात्र जित जित निकालेको थियो।