काठमाडौं– मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्सपो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्सपो यही माघ १७, १८ र १९ गते काठमाण्डौको भृकृटीमण्डपमा हुने भएको छ ।
प्रदर्शनीमा विभिन्न देशका २०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरु को बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हँुदै आएको छ ।