बुधबार, भदौ ३, २०८३

‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु

प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु भएको छ। दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ। महोत्सवमा गजलकारहरुले गजल तथा गीति गजल प्रस्तुत गर्नेछन्।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं - प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु भएको छ। दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ। महोत्सवमा गजलकारहरुले गजल तथा गीति गजल प्रस्तुत गर्नेछन्।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गजलप्रतिको आकर्षण बढ्दै गएकाले पहिलोपटक राष्ट्रियस्तरको गजल महोत्सवको अयोजना गरिएको बताए। “देश, विकास र समृद्धिको दिशामा अग्रसर बनिरहेको छ”, उनले भने, “सहित्यकारहरु निराशा र कुण्ठालाई पन्छाएर सकारात्मक सोचका साथ समग्र रुपान्तरणको अभियानमा अग्रसर हुनुपर्छ।”

उनले मुलुकको परिवर्तनमा कला, साहित्य क्षेत्रले पुर्‍याएको योगदानलाई आत्मसात् गर्दै वाङ्गमय क्षेत्रको विकासका लागि राज्यले ठोस योजना निर्माण गर्ने बताए। गजल साहित्यको विकासका लागि प्रतिष्ठानले काम गर्न सुरु गरेको भन्दै उप्रेतीले गजल साहित्यलाई प्रवर्द्धन गर्न खोजिएको बताए।

कार्यक्रम आयोजक समितिका संयोजक प्राध्यापक डा हेमनाथ पौडेलले महोत्सवले गजलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले बहुलतामा रहेको मुलुकका सबै भाषा, संस्कृतिको संरक्षण गर्न सके समृद्धिको अभियानले साकार रुप लिने बताए।

युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवा अवस्थामा विकास भएको साहित्यले पछि व्यक्तिलाई अब्वल साबित गर्ने बताउँदै युवा उमेरलाई सिर्जनशील र रचनात्मक बनाउनुपर्ने बताए।

प्रकाशित: Jan 29, 2020| 16:54 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।