काठमाडौं - अफगानिस्तानका ओपनिङ दायाँहाते ब्याट्सम्यान मोहम्मद साहजादले एभरेष्ट प्रिमियर लिग (इपिएल)खेल्ने भएका छन्। इपिएलमा विश्वकै राम्रा खेलाडी आउने होड चलिरहेको बेला चितवन टाइगर्सले उनलाई आफ्नो टोलीमा सहभागी गराएको छ।
चितवनले बुधबार एक विज्ञप्ति जारी गर्दै साहजादको टोलीमा अनुबन्धन बारे जानकारी दिएको हो।
साहजादले सन् २०१० मा टी-२० खेलमा डेब्यु गरेका थिए। उनले २० ओभर क्रिकेटमा एक सतक र १४ अर्धशतक प्रहार गरिसकेका छन्। उनले घरेलु लिगबाहेक बंगलादेश र कतारको लिग पनि खेलेका छन्। ३३ वर्षीय साहजादले अफ्गानीस्तानबाट दुई टेस्ट, ८४ एकदिवसीय, ६५ टी-२० खेलेको अनुभव छ। उनले सबै फर्म्याटमा १३ हजार भन्दा बढी रन बनाएका छन्।
साहजाद कुशल विकेटकिपरसमेत हुन्।