बुधबार, असार ३१, २०८३

हालेप र मुगुरुजा सेमिफाइनलमा

एजेन्सी– अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको महिलातर्फको खेलमा सिमोना हालेप र गार्बिन मुुगुरुजा सेमिफाइनलमा प्रवेश गरेका छन्। सिमोना रोमानियाकी खेलाडी हुन् भने गार्बिन स्पेनकी।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

एजेन्सी– अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको महिलातर्फको खेलमा सिमोना हालेप र गार्बिन मुुगुरुजा सेमिफाइनलमा प्रवेश गरेका छन्। सिमोना रोमानियाकी खेलाडी हुन् भने गार्बिन स्पेनकी।

सन् २०२० कै पहिलो ग्राण्डस्लाम ओपन टेनिसमा बुधबार भएको खेलबाट उनीहरुको सेमिफाइनल यात्रा तय भएको हो।

५३ मिनेट चलेको तेस्रो क्वाटरफाइनल खेलमा हालेपले गार्बिनलाई ६–१ र ६–१ को सेटमा हराएकी थिइन्। हालेपको यो दोस्रो सेमिफाइनल खेल हो। यसअघि उनी सन् २०१८ मा डेनमार्कमा भएको खेलमा फाइनलसम्म पुगेकी थिइन्।

त्यस्तै, मुगुरुजा पहिलो पटक सेमिफाइनल पुगेकी छिन्। उनले रुसकी अनास्तासिया पावलियुचेन्कोवालाई ७–५, ६–३ अन्तरले हराइन्। मुगुरुजाले सन् २०१७ को क्वाटरफाइनलमा हारको सामना गरेकी थिइन्।

भोलि हुने सेमिफाइनलमा हालेप र मुगुरुजा भिड्ने छन्।

क्वाटरफाइनल प्रवेश गर्न १६ औं राउण्डमा हालेपले बेल्जियन खेलाडी एलिस मर्टेन्सलाई ६–४ र ६–४ को सेटमा हराएकी थिइन्। हालेपलाई क्वाटरफाइनलमा भेट्न इस्तोनियाकी खेलाडी कान्तावेतले पोल्याण्डकी इगा स्वितेकलाई हराएकी थिइन् ।

कोन्तावेतले इगालाई ६–७ (४), ७–५ र ७–५ को सेटमा हराएपछि उनी क्वाटर फाइनलमा प्रवेश गर्ने इस्तोनियाको पहिला खेलाडी बनेकी थिइन्।

प्रकाशित: Jan 29, 2020| 12:52 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।