आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जसले चारजना अपराधीलाई झुन्ड्याउनेछन्, कसरी दिइन्छ फाँसी ?

जसले चारजना अपराधीलाई झुन्ड्याउनेछन्, कसरी दिइन्छ फाँसी ?

मेरठ– भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका चारजना दोषीलाई फेब्रुअरी १ तारिख (यही शनिबार) मृत्युदण्ड दिइँदैछ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

मेरठ– भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका चारजना दोषीलाई फेब्रुअरी १ तारिख (यही शनिबार) मृत्युदण्ड दिइँदैछ। उनीहरुलाई फाँसी दिन पवन जल्लाद बिहीबार नै तिहाड जेल पुग्नेछन्।

National life

अहिलेसम्मको कानुनी प्रक्रियामा कुनै परिवर्तन नआएको खण्डमा शनिबार बिहान ६ बजे चारैजना अपराधीलाई फाँसीको फन्दामा झुन्ड्याइनेछ। मंगलबार चारैजना अपराधीका परिवारले तिहाड जेलमा उनीहरुसँग भेट गरेका थिए। यो भेटलाई उनीहरुको अन्तिम भेट मानिएको छ।

अपराधीलाई डेथ वारेन्ट जारी भएपछि फाँसी कसले दिन्छ भन्ने प्रश्न तिहाड जेल प्रशासनसामु खडा भएको थियो। उत्तर प्रदेश जेल महानिर्देशनालयले फाँसीका लागि पवन जल्लादको नाम दिएपछि उनले नै अपराधीलाई झुन्ड्याउने पक्का भएको छ।

तिहाड जेलका महानिर्देशक सन्दीप गोयलले यसको पुष्टि गरेका छन्। उनले भने, ‘बिहीबार बिहान पवन जल्लादलाई मेरठबाट तिहाड जेल ल्याइनेछ । त्यसपछि उनले फाँसी घरमा गएर फाँसीको बन्दोबस्तबारे बुझ्नेछन्।’

यसअघि जनवरी २२ मै मृत्युदण्डको मिति तय भए पनि अपराधीले राष्ट्रपति पुकारेपछि रोकिएको थियो। राष्ट्रपतिले उनीहरुको पुनरावेदन अस्वीकार गरिदिएपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको छ। घटनाको ८ वर्षपछि पटियाला हाउस अदालतले मृत्युदण्डको आदेश दिएको थियो।

Laxmi sunrise bank
kumari

अदालतले मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई पहिले नै दोषी ठहर गरिसकेको थियो। बलात्कारपछि हत्या गरिएकी निर्भयाकी आमाले चाँडोभन्दा चाँडो दोषीलाई डेथ वारेन्ट जारी गर्न अदालतमा निवेदन दिएकी थिइन् ।

अदालतले दोषी ठहर गरेका चारैजना अहिले तिहाड जेलमा छन्।

घटना सन् २०१२ डिसेम्बर १२ को राति भएको थियो। राति नौ बजे एकजना महिला र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरे।

नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालियो। बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरे। महिलाको पन्ध्र दिनपछि मृत्यु भएको थियो।

कसरी दिइन्छ फाँसी ?

फाँसी दिने बेलामा केही नियमको पालना गर्नुपर्ने हुन्छ। नियम पालन नगरी कसैलाई पनि फाँसी दिन पाइँदैन।

डेथ वारेन्ट जारी भएपछि कैदीलाई यसबारे जानकारी दिइन्छ। जेल प्रशासनलाई पनि डेथ वारेन्टको जानकारी दिइन्छ। कैदी बसेको जेलमा फाँसीको व्यवस्था छैन भने उसलाई डेथ वारेन्ट आएपछि नयाँ जेलमा सारिन्छ।

सामान्यतयाः फाँसी बिहानको समयमा दिइन्छ। बिहान अन्य कैदी सुतेका हुने र कैदीले मृत्युदण्डका लागि दिनभर प्रतीक्षा पनि गर्न नपर्ने भएकोले बिहानको समय राखिएको बताइन्छ। यसका साथै परिवारका सदस्यलाई त्यही दिन अन्तिम संस्कार गर्न समय होस् भनेर पनि बिहानै फाँसी दिने गरिएको हो।

कैदीको परिवारलाई फाँसी दिनुभन्दा १०–१५ दिन अघि नै यसबारे सूचना दिइन्छ। जेलमा कैदीको स्वास्थ्य परीक्षण हुन्छर अरु कैदीभन्दा भिन्न सेलमा राखिन्छ। फाँसी हुनु केही दिनअघि परिवारका सदस्यलाई भेट्न दिइन्छ र कैदीले जेलमा काम गरेर पैसा कमाएको छ भने त्यो पैसा परिवारका सदस्यलाई हस्तान्तरण गरिन्छ।

फाँसी दिइने दिन बिहानै जेलरको निगरानीमा सुरक्षाकर्मीले कैदीलाई फाँसी कक्षमा लैजान्छन् । फाँसी दिने बेला जल्लादबाहेक अन्य तीन अधिकारी उपस्थित हुन्छन्– जेलर, मेडिकल अफिसर र मजिस्ट्रेट।

फाँसी दिनुअघि जेलरले मजिस्ट्रेटलाई आफूले कैदीको पहिचान गरिसकेको र उनलाई डेथ वारेन्ट पढेर सुनाइसकेको भनेर जानकारी दिन्छन्। डेथ वारेन्टमा कैदीको हस्ताक्षर पनि हुन्छ।

फाँसी दिनुअघि कैदीलाई नुहाइन्छ र नयाँ कपडा लगाउन लगाइन्छ। त्यसपछि फाँसी दिने ठाउँसम्म ल्याइन्छ। फाँसी दिनुअघि व्यक्तिको अन्तिम इच्छा सोधिन्छ। त्यसमा उसले ‘मलाई फाँसी नदिइयोस्’ भन्न पाउँदैन।

जुन अपराधीलाई फाँसी दिइन्छ, उसँग अन्तिम समयमा जल्लाद अर्थात् फाँसी दिने व्यक्तिमात्रै हुन्छन् । फाँसी दिनुअघि जल्लादले अपराधीको कानमा केही बोल्छन्। अन्तिम समयमा जल्लादले अपराधीको कानमा उसको धर्मअनुसार राम राम, सलाम वा यस्तै केही भनेर ‘म आफ्नो कर्तव्यको अगाडि बाध्य छु’ भन्छन् र फाँसी दिन्छन्।

प्रकाशित: Jan 29, 2020| 10:45 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।