बुधबार, असार ३१, २०८३

ए डिभिजन लिगमा आज साविक विजेता र उपविजेता भिड्ने

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्।

साविक विजेता मनाङ र साविककै उपविजेता संकटा दुबै टिम आजको खेलमा जित निकाल्ने दाउमा छन्।

सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ।

जारी सिजनको एकमात्र अपराजित टोली आजको खेलमा जित निकालेर आफ्नो खातामा ३ अंक जोड्न चाहान्छ।

मनाङ १६ अंकका साथ तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्दा उसको खातामा १९ अंक हुने छ। दोस्रो स्थानमा रहेको मछिन्द्रको पनि १९ अंक छ।

मछिद्रलाई जितेर दोस्रो स्थानमा आउन मनाङले तीनभन्दा धेरै गोलअन्तरको जित निकाल्नुपर्ने हुन्छ।

मनाङसँग प्रतिस्पर्धामा रहेको टोली संकटा पनि जित निकाल्दै चौथो स्थानमा आउने दाउमा हुने छ। ऊ तीन जित र तीन बराबरी खेल्दै १२ अंक बनाएर तालिकाको आठौं स्थानमा छ।

आजको खेलमा मनाङलाई हराउन सकेका उसले चौथो स्थानको थ्रीस्टार क्लबलाई विस्थापन गर्ने छ।

प्रकाशित: Jan 29, 2020| 08:37 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।