बुधबार, असार ३१, २०८३

कोपा इटालियामा टोरिनोलाई हराउँदै मिलान सेमिफाइनलमा

कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले टोरिनोलाई ४–२ को गोलअन्तरले हराएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

एजेन्सी- कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले टोरिनोलाई ४–२ को गोलअन्तरले हराएको छ।

मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा पाउना टोलीले हारको सामना गरेको हो। यो जितसँगै मिलान कोपा इटालियोको सेमी फाइनलमा प्रवेश गरेको छ।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान २ गोल भएकाले नतिजाका लागि ३० मिनेट सयम थप गरिएको थियो। थप समयमा मिलानले दुई गोल थपेर जित सुनिश्चित गर्यो।

मिलानका लागि जियाकोमो बोनाभेन्तुना, इब्राहिमोविकले १–१ गोल गरे भने हकान काल्हागोउले दुई गोल गरे।

टोरिनोका लागि ग्लिसियोन ब्रेमरले दुई गोल गरेका थिए। सेमी फाइनलमा मिलानले युभेन्टससँग खेल्नुपर्ने हुन्छ।

त्यस्तै, अर्कोतर्फ नेपोली सेमीफाइनल प्रवेश गरिसकेको छ। नेपोलीले इन्टरमिलान र फियारेन्टिनाको विजयी टोलीसँग खेल्नुपर्ने छ।

सेमीफाइनलको पहिलो लेगको खेल फेब्रुअरी २ बाट सुरु हुनेछन्।

प्रकाशित: Jan 29, 2020| 08:01 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।