मंगलबार, असार २३, २०८३

सात परिवर्तनसँगै यस्तो छ इन्डियाको प्लेइङ ११

इन्डियन राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालसँगको पहिलो खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं – इन्डियन राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालसँगको पहिलो खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्।

आज नेपालविरुद्ध खेल्ने टिममा उनले ७ परिवर्तन गरेका छन्। भारतीय टोलीमा सात खेलाडी परिवर्तन भएको छ। मुख्य प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो रोजाइका गोलकिपर अमरिन्दर सिंह, प्रितम कोटल, सेरिटोन फर्नान्डेज, अनिरुध थापा, बिपिन सिंह, रहिम अली र ललेङ्मावियालाई मैदानमा उतारेका छन्।

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा अनिरुध थापाले ४६औं मिनेटमा मैदानमा प्रवेश गरेर भारतका लागि बराबरी गोलसमेत फर्काएका थिए। आजको खेल साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।

भारतीय टिम

गोलकिपरः गुरप्रित सिंह सन्धु, अमरिन्दर सिंह र धिरज सिंह मोइराङ्गथेम 

डिफेन्डरः आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, प्रितम कोटल, चिङ्गलेसाना सिंह कुशुम, मन्दर राव देसाई र सिरिटो फर्नान्डेज

मिडफिल्डरः अनिरुध थापा, साहल अब्दुल समाद, लालेङमावई, विपिन सिंह, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, जेक्सन सिंह र प्रणय हाल्दर

फरवार्डः सुनिल क्षेत्री, मनवीर सिंह, रहिम अली र फारुख चौधरी

प्रकाशित: Sep 05, 2021| 16:58 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।