बुधबार, असार ३१, २०८३

एरिक्सन इन्टर मिलानमा, रोजे २४ नम्बर जर्सी

टोटेनहमबाट प्रिमियर लिग खेलिरहेको मिडफिल्डर क्रिस्टियन एरिक्सनले इटालियन क्लब रोजेका छन्। उनी सिरी एमा राम्रो प्रदर्शन गरिरहेको क्लब इन्टर मिलानमा अनुबन्धित भएका हुन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं - टोटेनहमबाट प्रिमियर लिग खेलिरहेको मिडफिल्डर क्रिस्टियन एरिक्सनले इटालियन क्लब रोजेका छन्। उनी सिरी एमा राम्रो प्रदर्शन गरिरहेको क्लब इन्टर मिलानमा अनुबन्धित भएका हुन्।

२७ वर्षीय डेनमार्कका खेलाडी एरिक्सन १६.९ मिलियन पाउण्डमा इटाली गएका हुन्। टोटेनहमका लागि यो सिजनमा २८ खेल खेलिसकेका एरिक्सनले क्लबबाट दुई सय २६ खेल खेलेका छन्।

उनी सन् २०१३ मा टोटेनहममा अनुबन्धित भएका थिए। त्यसपहिले उनले आयाक्सबाट एक सय १३ खेलमा २५ गोल गरेका थिए। सन् २००७ यता उनले डेनमार्क राष्ट्रिय टिमबाट पनि खेल्दै आएका छन्।

अब भने उनले इन्टरको टिमबाट २४ नम्बरको जर्सी लगाएर खेल्ने छन्। इन्टर मिलानको अफिसियल ट्वीटरबाट पोस्ट गरिएको ट्वीटमा उनी इटाली गएको जानकारी दिइएको हो।

यसअघि नै प्रिमियर लिगका चर्चित खेलाडी लुकाकु इन्टर मिलान गएका थिए। लुकाकुले इन्टरबाट राम्रो प्रदर्शन गरिरहेका छन्। उनले डेब्यू खेलमै गोल गरेका थिए।

प्रकाशित: Jan 28, 2020| 20:13 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।