बुधबार, भदौ ३, २०८३

रिचार्जरमा सिनेमाको टिकट काट्दा पाउनुस् यस्तो अफर

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं - मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास ब्याक दिने भएको छ।

जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको रिचार्जरले क्यास ब्याक योजना ल्याएको हो। अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किनेपछि २२० रुपैंया नगद फिर्ता गरिने रिचार्जरले जनाएको छ।

त्यसैगरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ। नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो।

सेलमा २० हजार २० रुपैयाँमा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ। त्यसै गरी कालिञ्चोक, खोटाङ हलेसीलगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन्। रिचार्जरका नयाँ प्रयोगकर्ताहरुमध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ।

जतिको रिचार्ज, त्यति नै क्यास ब्याक भन्ने स्लोगनसहित इ कमर्श प्लेट फर्ममा अग्रणी स्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: Jan 28, 2020| 19:39 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्