काठमाडौं - ओपोले सन् २०१९ को आफ्नो प्राविधिक पक्षको विकास समीक्षा गरेको छ। उसले सन् २०१९ लाई एक सफल वर्षको रुपमा लिएको छ। ओेपोले यस अवधिमा नयाँ प्रविधिहरुमा आधारित स्मार्ट फोन सार्वजनिक गर्नुकासाथै, एआई र फाईभ जी फोन पनि सार्वजनिक गरेको छ।
ओपोका केही उपलब्धि -
फेब्रुअरी २०१९ मा टेनएक्स हाइब्रिड जुम फोटोग्राफी
मे २०१९ मा युरोपेली बजारमा पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन
सेप्टेम्बर २०१९ मा सुपरभोक २.० फ्ल्याश चार्जिङ
डिसेम्बर २०१९ मा फाइभ जी उपकरण ईकोसिस्टम (ओपो फाइभ जी सीपीई, ओपो एआर ग्लास लगायत)