बुधबार, भदौ ३, २०८३

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं - मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्सपोको छैटौं संस्करण आयोजना हुने भएको छ।

प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा यही माघ १७, १८ र १९ गते चल्ने छ।

प्रदर्शनीमा विभिन्न देशका दुईसय बढी ख्यातीप्राप्त ब्राण्डका १५० बढी स्टल रहने आयोजकले जनाएको छ।

फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सवडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउन तथा यस क्षेत्रमा आउने नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकले विश्वास लिएको छ।

प्रकाशित: Jan 28, 2020| 18:20 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्