बिहीबार, भदौ १८, २०८३

इन्डियाविरुद्ध यस्तो छ नेपालको प्लेइङ–११

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इन्डियाविरुद्ध दोस्रो खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इन्डियाविरुद्ध दोस्रो खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्। उनले आजको खेलमा मनिष डाँगी, आषिश लामा र आयुष घलान खेलाडीलाई फरवार्डमा उतारेका छन् भने तेज तामाङ, सुमन अर्याल र पुजन उपरकोटीलाई मिडफिल्ड सम्हाल्ने जिम्मेवारी दिएका छन्।

त्यस्तै, डिफेन्सको जिम्मा गौतम श्रेष्ठ, अनन्त तामाङ, सुजल श्रेष्ठ  र दिनेश राजवंशीले पाएका छन्।

नेपाली टिमका सफल र उत्कृष्ट डिफेन्डर रोहित चन्द व्यावसायिक फुटबलका क्रममा इन्डोनेसियामै भएका कारण उनी इन्डियाविरुद्धको खेलमा उपस्थित हुने छैनन्।

पहिलो सुरुवाती ११ बाट कोच अब्दुल्लाह अलमुराइरीले आज ४ खेलाडी परिवर्तन गरेका छन्। यता, नेपाली टिमको कप्तानी गोलकिपर किरण कुमार लिम्बूले सम्हाल्नेछन्। यसबाहेक टिमका खेलाडी बेञ्चमा छन्।

आजको खेल साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ। पहिलो खेलमा नेपालले इन्डियासँग १– गोलको बराबरी खेलेको थियो।

नेपाली टिम

गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, राजन गुरुङ, सुमन अर्याल, दिनेश राजवंशी र गौतम श्रेष्ठ

मिडफिल्डरः विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, पुजन उपरकोटी

फरवार्डः मनिष डाँगी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा


प्रकाशित: Sep 05, 2021| 16:46 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।