सोमबार, चैत ९, २०८२

ए डिभिजन लिगः आर्मी पुनः शीर्षस्थानमा

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिगको आजको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले र जवलाखेल युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीको जितसँगै उसले पुनः शीर्ष स्थानमा जाने अवसर पाएको हो।

खेलको ७४ औं मिनेटसम्म गोल हुन सकेन। तर ७५ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरेर आर्मीलाई सुरुवाती अग्रता दिलाए। यो जितसँगै लिगको अंक तालिकामा आर्मीको २० अंक भएको छ। उसले ६ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकाल्दै २० अंक बनाएको हो।

आर्मीको निकटतम प्रतिद्वन्द्वी मछिन्द्र क्लब १९ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, लिगदावेदार मनाङ सस्र्याङ्दी क्लब तालिकाको तेस्रो स्थान रहेर मछिन्द्र र आर्मीलाई पछ्याइरहेको छ। मनाङको १६ अंक छ।

प्रकाशित: Jan 28, 2020| 18:18 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।