बुधबार, असार ३१, २०८३

धोनीको सिटमा बस्दैनन् खेलाडी (भिडियाेसहित)

भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विगत ६ महिनादेखि टिममा समावेश छैनन्। तर भारतीय टिमको बसमा उनको सिट खाली नै हुने गरेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

नयाँ दिल्ली- भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विगत ६ महिनादेखि टिममा समावेश छैनन्। तर भारतीय टिमको बसमा उनको सिट खाली नै हुने गरेको छ।

भारतीय स्पिनर युजवेन्द्र चाहलको एक भिडियाे बिसिसिआईले सेयर गरेको छ, जसमा चहलले खेलाडीसँग कुरा गरेका छन्। सो भिडियाेको अन्तमा चाहलले पछाडिको एक सिट देखाउँदै भनेका छन्- ‘यो सिट जहाँ लेजेन्ड बस्दथे, माही भाइ (महेन्द्रसिंह धोनी) । अहिले यहाँ कोही बस्दैन। हामी उहाँलाई धेरै मिस गर्छौं।’

बसमा भारतीय खेलाडीहरु अकल्याण्डबाट हेमिल्टन गइरहेका थिए। धोनीले अन्तिम खेल ९ जुलाइमा न्युजिल्याण्डसँग खेलेका थिए।

गत वर्षको एक दिवसीय विश्वकपपछि धोनीले संन्यास लिन्छन् भन्ने क्रिकेट फ्यानले अनुमान गरेका थिए। तर, ३८ वर्षीय क्रिकेटरले एक दिवसीय क्रिकेटबाट संन्यास लिएनन्।

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवी शास्त्री धोनीले एकदिवसीयबाट चाँडै संन्यास लिने बताउँछन्। धोनीको एक दिवसीय क्रिकेट यात्रा अबको इन्डियन प्रिमियर लिगमा उनको प्रदर्शन हेरेर तय गरिने पनि बताइएको छ। तर, संन्यासबारे धोनीले हालसम्म केही बताएका छैनन्।

हेर्नुस् भिडियाे

प्रकाशित: Jan 28, 2020| 17:20 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।