बिहीबार, भदौ १८, २०८३

भर्चुअल तेक्‍वान्दोमा महिला एकलतर्फ पार्वतीलाई स्वर्ण

 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्‍वान्दो प्रतियोगिताको महिला एकलको १८–३५ वर्षमा नेपाल प्रहरीकी पार्वती गुरुङले स्वर्ण जितेका छन् ।

आइतबार भएको प्रतियोगितामा स्वर्ण विजेता पार्वतीले ७.१३ अंक जोडिन् भने ६.८४ अंकसाथ आर्मीकी सिना मादेन दोश्रो भइन्। तेश्रो स्थानमा रहेका आर्मीका आयशा शाक्यले ६.६१ तथा प्रशंसा क्षेत्रीले ६.५४ अंक बटुले। शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।

 १३ औं सागमा आयशाले दोहोरो स्वर्ण जितेकी थिइन्।

नेपाल तेक्‍वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अंक जोड्दै शीर्ष स्थान हात पारे।

६.३४ अंकमा आर्मीका सुजन श्रेष्ठ दोश्रो भए। मूलपानी तेक्‍वान्दो डोजाङका आयुश ढुंगेल र चन्द्रसूर्यका यज्ञ राईले तेश्रो स्थानमा चित्त बुझाए।


महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अंक) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा (६.२८ अंक) ले रजत जिते। स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्त रुपमा कास्य जिते।

प्रकाशित: Sep 05, 2021| 16:34 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।