बुधबार, असार ३१, २०८३

'ए' डिभिजन लिगमा सरस्वतीको पहिलो जित

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको जारी सिजनमा सरस्वती युथ क्लबले पहिलो जित दर्ता गरेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको जारी सिजनमा सरस्वती युथ क्लबले पहिलो जित दर्ता गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको पहिलो खेलमा सरस्वतीले यती हिमालयन शेर्पालाई ४–३ को गोलअन्तरले पराजित गर्यो।

सरस्वतीको जितमा कजिम एडेगोके बुसारी नायक बने । उनले दुई गोल गरे। यस्तै, विनोद केसी र मनिष थापाले एक–एक गोलको योगदान दिए।

बुसारीले खेलको पाँचौं तथा ८३ औं मिनेटमा गोल गरे । यस्तै, केसीले ३५ औं र थापाले ८८ औं मिनेटमा गोल गरे।

हिमालयन शेर्पाका लागि अनिष गुरुङ, विजय श्रेष्ठ र रवि थापामगरले समान १ गोल गरे। गुरुङले खेलको १० औं मिनेटमा, श्रेष्ठले ४५ औं मिनेटमा र थापामगरले थपिएको समयमा गोल गरे।

खेलको म्यान अफ दि म्याच बुसारी घोषित भए। 

जितसँगै ४ अंक पुगेको सरस्वती अंकतालिकाको पुछारमै कायम छ। हिमालयन शेर्पा भने १२ औं स्थानमा छ।

जारी सिजनमा मछिन्द्र १९ अंकसहित शीर्ष स्थानमा छ।

 

 

प्रकाशित: Jan 28, 2020| 13:25 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।