आइतबार, चैत १, २०८२

एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा सरकार

भारत सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा कम्पनी एयर इन्डियाको सम्पूर्ण सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

नयाँ दिल्ली– भारत सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा कम्पनी एयर इन्डियाको सम्पूर्ण सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।

National life

आर्थिक अवस्था खस्कँदै गएपछि कम्पनीले सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।

भारतको आर्थिक मन्दीले राजस्व संकलनमा प्रभाव पर्न थालेको बेला कम्पनीमा थप पुँजी लगानी गर्न नसकिने भारत सरकारको धारणा छ।

सरकारले गत वर्ष नै कम्पनीको आंशिक सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेर प्रस्ताव माग गरे पनि कुनै पनि समूहले कम्पनी खरिद गर्न इच्छा देखाएका थिएनन्। तर, यसपटक सरकारले सम्पूर्ण सेयर बिक्री गर्ने योजना अघि सारेको छ। सरकारले सोमबार विमान कम्पनी खरिद गर्न चाहनेहरूबाट इच्छापत्र माग गरेको छ।

एयर इन्डियाले हाल स्वदेश र विदेशका धेरै गन्तव्यमा उडान गरिरहेको छ।

Laxmi sunrise bank
kumari

विगत दशकमा कम्पनीको आम्दानीमा व्यापक गिरावट आएपछि सरकारले हरेक वर्ष लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ। कम्पनीको हाल आठ अर्ब अमेरिकी डलर ऋण छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा सरकार सञ्चालित धेरैवटा कम्पनीलाई निजीकरण गर्न आदेश दिइसकेका छन्। भारतको अर्थतन्त्रमा रुग्ण सरकारी कम्पनीमा वर्षैपिच्छे ठूलो धनराशी खर्च गर्नुपरेको भन्दै सरकारले निजीकरणलाई प्रोत्साहन गरेको जनाएको छ।

गत जुलाईदेखि सेप्टेम्बरसम्म भारतको अर्थतन्त्रको वृद्धि ४.५ प्रतिशत मात्र छ, जुन सन् २०१८ यताको सबैभन्दा न्यून हो।

मोदी सरकारले एयर इन्डियामा विदेशी लगानीकर्ता आकर्षित हुने ठूलो विश्वास गरेको छ। सरकारले आगामी मार्चसम्म सरकारी सेयर बिक्रीबाट करिब १५ अर्ब डलर सरकारी कोषमा सञ्चित गर्ने योजना बनाएको छ।

एयर इन्डियाले सन् २०१९ मा देशभित्र एक करोड ८३ लाख ६० हजार यात्रुलाई सेवा दिएको थियो। तर, सरकारी नीति, नियम र हस्तक्षेपका कारण यस कम्पनीले निजी क्षेत्रका कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी चाहे जति प्रगति गर्न सकेको छैन। खासगरी सन् २००७ मा इन्डियन एयरलाइन्ससँग मर्ज गरेपछि कम्पनीको घाटा हरेक वर्ष बढेको छ।

एयर इन्डियासँग हाल १२१ वटा विमान तथा एयर इन्डिया एक्सप्रेसमा २५ वटा विमान छन्। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार एयर इन्डियाका कर्मचारी युनियनले सोमबार सरकारका प्रतिनिधिसँग कम्पनीको निजीकरणका विषयमा छलफल गर्न लागेको छ।

गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक वृद्धि जटिल अवस्थामा रहेको र तत्काल सुधारका कार्यहरू अगाडि नबढाए समस्या अझ बढ्ने बताएको थियो।

प्रकाशित: Jan 28, 2020| 13:08 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।