बुधबार, भदौ ३, २०८३

बाजुरामा चार रेक्टरको भूकम्प

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

बाजुरा– बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति पुगेको छैन । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका छन्।

जिल्लामा पटक पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।
रासस

प्रकाशित: Jan 28, 2020| 12:51 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।