शनिबार, साउन १६, २०८३

नेसनल हेल्थ समिट आयोजना गर्दै चिकित्सक संघ

संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एसोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर समिट आयोजना गर्न लागिएको हो।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- नेपाल चिकित्सक संघले एनएमए नेसनल हेल्थ समिट २०२१ आयोजना गर्ने भएको छ। कोरोना महामारीका क्रममा भोगेका र सिकेका विषयमा छलफल गरी महामारीसम्बन्धी आवश्यक नीति तथा स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्‍याउने उद्देश्यले आगामी असोज ९ गते समिटको आयोजना गर्न लागेको हो।

संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एसोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर समिट आयोजना गर्न लागिएको हो। 

सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा. कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ। 

संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए। 

सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन्। जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन्। संघका महासचिव डा. बद्री रिजालले समिटका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाइरहेको जानकारी दिए।

प्रकाशित: Sep 05, 2021| 16:21 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्