बुधबार, असार ३१, २०८३

त्रिभुवन आर्मीलाई पुनः शीर्षमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्दै छन्।

मध्याह्न १२ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा दोस्रो जित निकाल्ने दाउमा हुनेछ। उसले ८ खेलमा एकमामात्र जित निकालेको छ भने ४ बराबरी खेलेको छ।

आजको खेलमा जित निकाल्दै हिमालयन शेर्पा नवौं स्थानमा पुग्ने दाउमा हुनेछ। 

रेलिगेसन जोनमा रहेको सरस्वती युथ क्लब पनि आजको खेलमा जित निकाल्दै पहिलो जितको अनुभव गर्ने दाउमा छ। उसले एक खेल बराबरी खेलेर १ अंक जोडेर तालिकाको पुछारमा छ।

त्यस्तै, ३ बजे सुरु हुने दोस्रो खेलमा जावलाखेल युथले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मीलाई आजको खेल जित्दै पुनः शीर्ष स्थानमा उक्लने अवसर छ।

त्रिभुवन आर्मी अंकतालिकामा १७ अंकसहित दोस्रो स्थानमा छ। लगातार चार चरणसम्म शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी सोमबार दोस्रो स्थानमा झरेको हो। सोमबार भएको खेलमा मछिन्द्र थ्री स्टार क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

यता जाउलाखेल पनि आर्मीलाई रोकेर अंकतालिकामा माथि उक्लने दाउमा छ । जाउलाखेल १२ अंकसहित अंकतालिकाको सातौं स्थानमा छ।

प्रकाशित: Jan 28, 2020| 09:10 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।