सोमबार, चैत ९, २०८२

उपुल थरंगा ललितपुरबाट खेल्ने

आगामी सिजनको एभरेष्ट प्रिमियर लिगमा श्रीलंकाका चर्चित खेलाडी उपुल थरंगाले खेल्ने भएका छन्। उनलाई ललितपुर प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं - आगामी सिजनको एभरेष्ट प्रिमियर लिगमा श्रीलंकाका चर्चित खेलाडी उपुल थरंगाले खेल्ने भएका छन्। उनलाई ललितपुर प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको छ।

National life

बाँया हाते ब्याट्सम्यान थरंगाले श्रीलंकाबाट तीनै फर्म्याटका प्रतियोगिता खेलिसकेका छन्। उनीसँग श्रीलंकन टोलीलाई २६ एकदिवसीय तथा ६ वटा टी-ट्वान्टीमा कप्तानी भुमिका दिएको अनुभवसमेत रहेको छ। थरंगा ठूला सट खेल्नमा माहिर खेलाडी पनि मानिन्छन्। उनी कुशल विकेटकिपरसमेत हुन्।

प्याट्रियट्सका मालिक किशोर महर्जनले थरंगाको आगमनले टोलीले विस्फोटक ब्याट्सम्यान पाएको प्रतिक्रिया दिए। थरंगाको अनुबन्धनसँगै टोली सन्तुलित भएको र उनको अनुभवले खेलाडी तथा टिमलाई निकै फाइदा पुग्ने विश्वास महर्जनले लिएका छन्।

थरंगा विश्व क्रिकेटमा दोस्रा त्यस्ता ब्याट्सम्यान हुन् जसले २०० भन्दा माथिको पार्टनरसिप गरेका छन्। उनले सात पल्ट २०० रन माथिको पार्टनरसिपमा भूमिका निभाएका छन्। उनी श्रीलंकाका लागि एकदिवसी खेलको एक इनिङमा दोस्रो उच्च योगफल जोड्ने खेलाडीसमेत हुन्। उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-ट्वान्टी खेलेका छन्। उनको टी-ट्वान्टीमा १२३.३३ को स्ट्राइक रेट रहेको छ।

थरंगाले आफू प्याट्रियट्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन्। उनले नेपालमा लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेल र नेपालको सुन्दरताको प्रसंसा गर्दै आफ्ना खेल अनुभव नेपालका युवा खेलाडीमाझ साट्न तयार रहेको बताएका छन्। उनले आगामी दिनमा पनि नेपालमा खेल्ने इच्छा व्यक्त गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2020| 18:08 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।