बुधबार, भदौ ३, २०८३

२४ अंकले बढ्यो नेप्से

पछिल्लो समयमा लगातार नेप्से अस्थिर भइरहेको छ। आइतबार २० अंकले घटेको बजार सोमबार २३.९५ अंकले बढेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं - पछिल्लो समयमा लगातार नेप्से अस्थिर भइरहेको छ। आइतबार २० अंकले घटेको बजार सोमबार २३.९५ अंकले बढेको छ। यसदिन सम्पूर्ण समुहगत परिसूचक उकालो लागेको छ। यसदिन धेरै कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोवल आइएमई बैंक, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया बैंक लगायतका कम्पनीको रहेका छन्।

यसदिन १८० कम्पनीको ९१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार धेरै कमाउनेमा समिट लघुवित्त, नेरुडे लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स र आशा लघुवित्तका लगानीकर्ता रहेका छन् भने गुमाउने कम्पनीमा भने हाइड्रोपावर र फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेको नेप्सेले जनाएको छ।

प्रकाशित: Jan 27, 2020| 17:30 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्