बिहीबार, असार ३२, २०८३

ए डिभिजन लिग फुटबल : मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको दोश्रो खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई को २–० गोलअन्तरले हराएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको दोश्रो खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई को २-शुन्य गोलअन्तरले हराएको छ।

यो जितसँगै मछिन्द्र अंक तलिकाको शीर्षस्थानमा उक्लिएको छ।

खेलको ३८औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाले गोल गरे। रेजिन २८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनी दिपक राई घाइते भएपछि मैदान छिरेका थिए।

त्यस्तै, खेलको अन्तिम मिनेटमा मछिन्द्रका विशाल राईले गोल गरेर अग्रतालाई दोब्बर बनाए। सुजल श्रेष्ठले दिएको पासलाई उनले गोलमा परिणत गरेका थिए।

९० मिनेट अवधिमा थ्रीस्टारले कुनै गोल गर्न सकेन।

यो जितसँगै मछिन्द्र क्लबले १९ अंक भएको छ। उसले ६ खेलमा जित र २ बराबरी खेलेर १९ अंक बनाएको हो।

मछिन्द्रको एक अंक घटाइएको छ। ऊ गत साल रेलिगेसन जोनमा परेकाले १ अंक घटाइएको हो।

पछिल्लो चरणमा त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका कारण उ १७ अंकका साथ दोश्रो स्थानमा छ। भने मनाङ १६ अंकका साथ तेश्रो स्थानमा छ।

प्रकाशित: Jan 27, 2020| 16:57 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।