आइतबार, चैत १, २०८२

११० यात्रु बाेकेकाे विमान अफगानिस्तानमा दुर्घटना

अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ। अफगानिस्तानको पूर्वी गजनी प्रान्तको देहयाक जिल्लामा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको हो।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

अफगानिस्तान- अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ। अफगानिस्तानको पूर्वी गजनी प्रान्तको देहयाक जिल्लामा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

National life

तर सरकाद्वारा सञ्चालित उक्त एयरलाइन्स कम्पनीले भने आफ्नो विमान दुर्घटनामा परेको कुनै जानकारी नआएको दाबी गरेको छ।

विमानमा १ सय १० यात्रु सवार रहेकाे बताइएको छ। विमान दुर्घटनामा परेको स्थान तालिवानको नियन्त्रणमा रहेको छ। प्रान्त सरकारका प्रवक्ता आरिफ नुरीले देहयाक जिल्लाको साडोखेल क्षेत्रमा दिउँसो १ बजेर १० मिनेटमा विमान दुर्घटनामा परेको जानकारी दिए। 

विमान दुर्घटनामा परेको स्थान निकै चिसो भएको र पहाडी इलाका भएकोले दुर्घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने अफ्गान अधिकारीहरुले बताएका छन्।

सीबीएस न्यूजले भने विमान दुर्घटना भएको स्ठानमा दुई जनाको शव फेला परेको बताए पनि विस्तृत विवरण उल्लेख गरेको छैन ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2020| 16:35 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।