बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा पुलिसको चौथो जित, अंकतालिकामा पाँचौं स्थानमा उक्लियो

‘ए’ डिभिजन लिगमा पुलिसको चौथो जित, अंकतालिकामा पाँचौं स्थानमा उक्लियो

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतमा नेपाल पुलिसले चौथो जित दर्ता गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतमा नेपाल पुलिसले चौथो जित दर्ता गरेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो।

खेलको १३ औं मिनेटमा पुलिसका भोला सिलवालले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै नेपाल पुलिसले १४ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उसले लिगमा चार जित र दुई बराबरी खेलेको छ। 

यसअघि नेपाल पुलिस ११ अंकसहित आठौं स्थानमा थियाे।

खेल सकिएपछि एपीएफका डिफेन्डरलाई रेडकार्ड

खेल सकिएपछि एपीएफका डिफेन्डर सुदीप शिखर्करले रातो कार्ड पाएका छन्।

अनुशासनको पालना नगरेका कारण डिफेन्डर सुदीपले रातो कार्ड पाए। पुलिसले अग्रता बनाएलगत्तै एपीएफका प्रदीप लामाले अभद्र व्यवहार गरेका कारण पहेँलो कार्ड पाए।

नेपाल पुलिस क्लबका सौजन राई, सन्तोष हेपरुम र नीरकुमार राईले पनि पहेँलो कार्ड पाए।

 

प्रकाशित: Jan 27, 2020| 14:57 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।