सोमबार, चैत ९, २०८२

सम्झनामा कोबे : विश्वलाई प्रेरणा दिने बास्केटबल खेलाडी

४१ वर्षे अमेरिकी खेलाडी कोबेको निधनपछि विश्वभरबाट विभिन्न माध्यमद्वारा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । कतिपयले ‘खेल प्रेरणाका प्रतिमूर्ति’को निधन भएको टिप्पणीसमेत गरे।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– बास्केटबलका पूर्वखेलाडी कोबे ब्रायन्टको गत आइतबार हेलिकोप्टर दुर्घटनामा ज्यान गयो। हेलिकोप्टर अवतरणका क्रममा भएको दुर्घटनामा उनी र उनकी छोरीसहित ९ जनाको ज्यान गएको थियो।

National life

४१ वर्षे अमेरिकी खेलाडी कोबेको निधनपछि विश्वभरबाट विभिन्न माध्यमद्वारा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । कतिपयले ‘खेल प्रेरणाका प्रतिमूर्ति’को निधन भएको टिप्पणीसमेत गरे।

नेसनल बास्केटबल एसोसिएसन (एनबीए)का आयुक्त एडम सिल्वर सुनाउँछन्, “कोबे ब्रायन्ट र उनकी छोरीको निधनले एनबिए परिवारले क्षतविक्षत भएको महसुस गरेको छ।”

उनी थप्छन्, “२० वर्षसम्म काबेले हामीलाई बास्केटबलमा केसम्म गर्न सकिन्छ भनेर देखाएका छन्। उनी इतिहासकै असाधारण खेलाडी हुन्। उनको उपाधि लेजेन्डरी छन्।”

कोबेलाई राम्रा खेलाडीभन्दा पनि धेरै खेलको पे्ररणाका रूपमा लिन सकिने आयुक्त सिल्वर बताउँछन्। भन्छन्, “उनी आफूले पाएको प्रतिभालाई उदारताका साथमा लिन्थे र यसलाई नयाँ पुस्तामा प्रदान गर्नुपर्छ भन्ने ठान्थे। छोरी जियानालाई खेलको बारेमा सिकाउन पाउँदा उनी मख्ख पर्थे।”

Laxmi sunrise bank
kumari

स्व. कोबेका साथी हुन्– साक्वेली ओनिल, जसले काबेसँगै ३ एनबीए च्यम्पियनसिपको टाइटल जितिसकेका छन्। कोबेलाई सम्झँदै ओनिल भन्छन्, “मसँग यो दुःखद् अवस्थाको बारेमा बोल्ने कुनै शब्द नै छैन। म उनको वियोगसँगै नराम्रो सपनाबाट गुज्रिरहेको छु।” ओनिलले कोबे आफ्नो साथी मात्र नभएर भाइजस्तै र ‘जिग्री’ भएको बताए। कोबे आफ्नो पार्टनर भएको उनको भनाइ छ।

उनी भावुक बन्दै भन्छन्, “म तिमीलाई माया गरिरहने छु, तिमी सम्झनामा रहिरहने छौं। ब्रायन्टको परिवार र अन्य यात्रुका परिवारप्रति मेरो भावपूर्ण श्रद्धान्जली।”

“मैले हाल जे फिल गरिरहेको छु, त्यसलाई शब्दमा बदल्न सकिन्न। उनी हदैसम्मका पारिवारिक व्यक्ति हुन्। उनी आफ्नो श्रीमती र छोरीलाई धेरै माया गर्थे,” विश्व बास्केटबलका सधैंभरिका लिडिङ खेलाडी अब्दुल जब्बर भन्छन्, “उनी अविश्वसनीय खेलाडी हुन्। उनले धेरैलाई खेलप्रति प्रेरणा दिएका छन्। यो अपुरणीय क्षति बुझ्न गाह्रो छ।”

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “कोबे बास्केटबल कोर्टका लेजेन्ड हुन्। उनी बास्केटबलको दोस्रो रूपमा देखापर्ने बेलामा यस्तो असोचनीय दिन आइपर्यो। हामी अभिभावकलाई त जियानाको निधनले झनै धेरै दुःखी तुल्याएको छ। मिचेल र मैले ब्रायन्टको परिवारलाई समवेदना पठाएका छौं।”

त्यस्तै, अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्, “कोबे ब्रायन्ट बास्केटबल खेलाडीका बाबजुद परिवारमा भर्खरै रमाउँदै गरेका मानिस थिए। उनी आफ्नो परिवारलाई असाध्यै माया गर्थे। साथै उनको छोरी सहितको निधनले यो पललाई थप मर्माहत बनाएको छ।”

लस एन्जलस लेकर्सका पूर्वअध्यक्ष लेख्छन्, “हाम्रो खेलमा कोबे लिडर हुने गर्थे। पुरुष महिला दुवै खेलाडीको सल्लाहकारका रूपमा थिए कोबे।बास्केटबलमा उनको योगदान म शब्दमा बयानै गर्न सक्दिनँ।”

कोबेको निधनमा विश्वचर्चित गायक जस्टिन बिबर, गाइका टेलर स्विफ्ट, नायक लियोनार्दो डी काप्रियो साथै एनबिएका धेरै पदाधिकारीले दुःख व्यक्त गरेका छन्।

कोबे सन् २०१६ मा लेकर्सका ‘लिडिङ पोइन्ट स्कोरर’ थिए।  

उनी एनबीएमा सर्वाधिक अंक बनाउनेको सूचीमा चौथो स्थानमा छन्। उनले ३३ हजार ६ सय ४३ स्कोर अंक बनाएका छन्।

सन् २०१६ को अप्रिलमा सन्यास लिएका कोबेले एक हजार पाँच सय ६६ खेल खेलेका छन्। सोही महिना खेलेको लेकर्सको अन्तिम खेलमा उनले छैटौं पटक ६० अंक बनाएका थिए।

उनले सन् २०१८ मा ओस्कार अवार्ड पनि जितेका छन्। सो अवार्ड उनको पाँच मिनेटको फिल्म ‘डियर बास्केटबल’नामका फिल्मबाट जितेका थिए।

 

प्रकाशित: Jan 27, 2020| 14:22 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।