काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच सेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धि सम्झौता भएको छ ।
आइतबार कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।