बिहीबार, असार ३२, २०८३

‘ए’ डिभिजन लिगको नवौं चरण आजबाट, मछिन्द्र र थ्री स्टार भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (सोमबार)बाट नवौं चरणका खेल सुरु हुँदैछन्।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (सोमबार)बाट नवौं चरणका खेल सुरु हुँदैछन्।

लिगअन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्याह्न १२ बजे सुरु हुने पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै छन्।

आजको खेलमा अंकतालिकामा आठौं स्थानमा रहेको पुलिस चौथो जित निकाल्ने रणनीतिमा हुनेछ। उसले दुई खेल बराबरी खेलेर ११ अंक बनाएको छ। उता १३ औं स्थानको एपीएफ पनि खेल जितेर अंकतालिकामा माथि उक्लने दाउमा छ। एपीएफले एक जित र दुई बराबरी खेलेर ५ अंक बनाएको छ।

त्यस्तै, दशरथ रंगशालामै दिउँसो ३ बजे सुरु हुन लागेको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको मछिन्द्र र लोकप्रिय फुटबल क्लब थ्री स्टार भिड्दै छन्।

उपाधि दाबेदारको होडमा रहेका दुवै टोलीले लिगमा राम्रो प्रदर्शन गरिरहेका छन्। मछिन्द्र १६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ भने थ्री स्टारका १४ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

आजको खेलमा जित निकालेमा मछिन्द्र तालिकाको शीर्ष स्थानमा उक्लने छ भने थ्री स्टार तालिकाको दोस्रो स्थानमा आउने छ।

प्रकाशित: Jan 27, 2020| 08:48 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।